arrow

काँग्रेसले प्रदेश नं २ बाहेक सबै तहमा उम्मेदवार टुङ्गो लगायो, प्रदेश नं २ को पालो बिहीबार 

logo
प्रकाशित २०७४ असार १ बिहिबार
congress-flag.jpg

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा पार्टीका तर्फबाट उम्मेदवारकोे टुङ्गो लगाएको छ । 

जिल्लास्तरमा विवाद बनेका तहमा पार्टीका आधिकारिक उम्मेदवारकोे टुङ्गो लगाउन काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही दिनदेखि निरन्तर पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै आएको थियो । 

बैठकले बढी चासोका रुपमा हेरिएको विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुली र उपप्रमुखमा ईन्दिरा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । 

त्यस्तै बैठकले दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा भूपबहादुर डाँगी र उपप्रमुखमा सुष्मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा गेहेन्द्र गिरी र उपप्रमुखमा देविका नेपाली रेग्मीलाई आधिकारिक उम्मेदवार बनाएको छ । 

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले मोरङ र दाङका अन्य नगरपालिका र गाउँपालिकाको पनि उम्मेदवारको टुङ्गो लगाएको पार्टी कार्यालयले जनाएको छ । 

प्रदेश नं २ का उम्मेदवारको भने बिहीबार बस्ने बैठकले टुङ्गो लगाउने बताइएको छ । 

अन्य प्रदेशका स्थानीय तहमा काँग्रेसले यस अघि नै पार्टीका आधिकारिक उम्मेदवारको टुङ्गो लगाइसकेको छ । 

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते सम्पन्न भएको थियो भने दोस्रो चरणको निर्वाचन प्रदेश नं। १, २, ५ र ७ मा आगामी असार १४ गते हुँदैछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ