arrow

प्रदेश नम्बर ५ मा काँग्रेस तात्योः बुटबलमा अञ्चल स्तरीय मिडिया सेन्टर स्थापना

logo
प्रकाशित २०७४ असार १ बिहिबार
congress-media.jpg

बुटबल । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसको निर्वाचन प्रचार प्रसार समन्वय समितिले नेपाल प्रेस युनियन रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा लुम्बिनी अञ्चल स्तरीय मिडिया सेन्टर स्थापना गरेको छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन प्रचार प्रसार समितिका केन्द्रीय संयोजक रमेश लेखक र नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीको उपस्थितिमा उक्त मिडिया सेन्टर स्थापना गरिएको हो । 

मिडिया सेन्टरको सहसंयोजकमा रुपन्देही जिल्ला डेस्कका संयोजक यमलाल भुसाल रहेका छन् भने सदस्यहरुमा लुम्बिनी अञ्चलका ६ वटै जिल्लाका प्रेस युनियनका सभापतिहरु रहनेछन् । 

स्थानीय तह निर्वाचन प्रचारप्रसार समन्वय समिति रुपन्देहीका संयोजक विश्वेश्वरप्रसाद बस्यालको सभापतित्वमा भएको कार्यक्रममा ६ वटै जिल्लाका पार्टीका निर्वाचन प्रचारप्रसार समन्वय समितिका संयोजकहरु तथा प्रेस युनियनका प्रतिनीधिहरु सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ