सन्धिखर्कलाई समृद्ध र नेपालकै नमुना शहर बनाउने कांग्रेसको प्रतिबद्धता
घनश्याम पौडेल,
प्रकाशित २०७४ जेठ ३१ बुधबार
524
Shares
अर्घाखाँची । सन्धिखर्क नगरपालिकालाई समृद्ध र नेपालकै नमुना शहर बनाउने गरि नेपाली कांग्रेसले घोषणा पत्र सार्बजनिक गरेको छ । सन्धिखर्क नगरपालिकालाइ ग्रिन सिटी बनाउने तथा वैदेशिक रोजगारीमा गएका युबाहरुलाई स्वदेशमै कृषि तथा पर्यटनको माध्यमबाट स्वरोजगार बनाउने कार्यक्रम सहितको घोषणा पत्र सार्बजनिक गरीएको छ ।
सन्धिखर्कको साथी होटलमा पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाका मेयर पदका उम्मेदवार कमल प्रसाद भुसाल र उपमेययरका उम्मेदवार कमला आचार्यले सन्धिखर्क नगरलाइ समृद्ध, स्वस्थ र सभ्य नगर बनाउने सहितको घोषणा पत्र सार्बजनिक गरेका थिए । आफ्नो कार्यकालमा नगरलाइ दुध, मासु, तरकारी र अण्डामा निर्भर बनाउने, प्रत्येक वडामा सस्तो तथा सुपथ मुल्यको पसल सञ्चालन गर्ने, सन्धिखर्कका सबै घरमा एक घर एक धाराको ब्यबस्था गर्ने पनि घोषणा पत्रमा समावेश गरिएको छ ।
सुपा देउराली, अर्घा, खाँची तथा मथुराबेसीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, केवलकारको सम्भाब्यताको अध्यन गरि अर्घा , खाँची र सुपा देउरालीमा केवलकार सञ्चालन गरिने छ । नगरका विभिन्न वडाहरुमा ब्यबसायीक कृषि, पशुपालन र पर्यटनको माध्यमबाट आत्मनिर्भर बनाउने, र घर आगनमै मेरो मेयर कार्यक्रम सञ्चालन गरिने पनि घोषणा पत्रमा समावेस गरिएको छ ।
सन्धिखर्क नगरपालिकाको उपमेयर पदको उम्मेदवार कमला आचार्यले सन्धिखर्क नगरपालिकालाई स्वच्छ सफा र हराबराका साथै सबैको हक स्थापित गराउन कांग्रेस प्रतिबद्ध भएर लाग्ने बताए । घोषणापत्र सार्बजनिक कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले संबिधान कार्यन्वयन गर्ने र परिबर्तन सस्थागत गर्न कांग्रेस विना असम्भव हुने बताउनु भयो । उहाले कांग्रेस विना स्थानीय तहको विकास असम्भव भएको बताउदै कांग्रेसले जिते पछि समृद्ध शहर बनाउने बताए ।
कार्यक्रममा पुर्ब केन्द्रिय सदस्य महेन्द्र भुसाल, कांग्रेस नेता हिम्मत टण्डन, कांग्रेस जिल्ला सदस्य नेत्र भटराइ, सिता भुसाल, दलित संघका जिल्ला अध्यक्ष मणिराम परियार लगायतले मन्तब्य राख्दै कांग्रेसले कसैलाइ झुठा आश्वासन नदिने गर्न सकने काम मात्र घोषणा पत्रमा समावेस गरेको बताएका छन ।
कार्यक्रम सन्धिखर्क नगरिपालिका कांग्रेसका सचिव युवराज खत्री, सुर्य भुसाल लगाएतले कांग्रेसलाई जिताउन लागीपर्न आग्रह गरे ।