arrow

विराटनगर महानगरमा पराजुली काँग्रेसको उम्मेदवार

उपमेयरमा इन्दिरा कार्कीलाई टिकट

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
bhim-prajuli.jpg

विराटनगर । नेपाली काँग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई टिकट दिने निर्णय गरेको छ । काँग्रेसले वुधबार विराटनगर महानगरको मेयर र उपमेयरको उम्मेदवारी टुंगो लगाएको हो ।

विराटनगर प्रदेश नम्बर १ को नयाँ र पहिलो महानगरपालिका हो । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विराटनगर महानगरपालिकाको उम्मेदवारी टुंगो लगाउँदै पराजुलीलाई योग्य ठहर गरेको हो ।

स्थानीय तहमा आकांक्षी धेरै भएपछि केन्द्रले नै टिकटको टुंगो लगाएको बताइएको छ । पराजुली काँग्रेसको विराटनगर महानगरपालिकको नगर सभापति हुन् । मेयरमा नेपाल महिला संघकी पूर्व अध्यक्ष डिला संग्रौला र सांसद अमृत अर्यालको नाम समेत चर्चामा थियो ।

विराटनगरलाई प्रमुख पार्टीहरुले प्रतिष्ठाको रुपमा लिएका छन् । मुख्य दल एमाले र माओवादी केन्द्रले यस अघि नै उम्मेदवारको टुंगो लगाईसकेका छन् ।

पराजुलीलार्इ टिकट दिलाउन काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहम् भूमिका खेलेका थिए । विराटनगरकै स्थानीय नेताहरु डा‍‍। शेखर कोइराला महेश अाचार्य र डा मिनेन्द्र रिजाल समेत पराजुलीकाे पक्षमा उभिएका थिए । जनस्तरमा र पार्टी कार्यकर्ताहरुबीच राम्राे घुलमिल भएका पराजुली विराटनगरमा लोकप्रिय रहेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ