arrow

काँग्रेसका नेता तान्दै प्रचण्ड, ज्यूँदा शहीद ललन चौधरी माओवादी केन्द्र प्रवेश

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
lalan_chaudhari.jpg

काठमाडौं । सरकारबाट सरासर राजिनामा दिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल हिजो आज पार्टीमा नेता कार्यकर्ता भित्र्याउन व्यस्त छन् । सरकारको जिम्मा शेरबहादुर देउवालाई लगाएपछि मात्रै अध्यक्ष दाहालले राजालाई धरापमा पार्ने देखि लोकतान्त्रिक आन्दोलमा होमिएकाहरुलाई भित्र्याइसकेका छन् ।

केही दिन अघि मात्रै एकताका राष्ट्रपतिको उम्मेदवार बनेका रामराजाप्रसाद सिंहसँग राजामाथि बम हमला गर्ने डा. जितेन्द्र महासेठ माओवादी केन्द्र प्रवेश गरेका थिए । रामराजाप्रसाद सिंहको नेतृत्वमा २०४२ सालमा राजामाथि गरिएको बम हमलाको महासेठ एक कमाण्डर हुन् । दाहालले २०३६ र २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रका कमाण्डर रहेका काँग्रेसका नेता ललन चौधरीलाई समेत भित्र्याएका छन् ।

चौधरी वुधबार पूर्वप्रधानमन्त्री समेत रहेका दाहालकहाँ पुगेर माओवादी केन्द्रमा प्रवेश गरे । चौधरीले लोकतान्त्रिक आन्दोलनका क्रममा पाँच वर्ष लामो जेल जीवन बिताए । उनी नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य, नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै हाल नेपाली काँग्रेस महासमिति सदस्य र केन्द्रीय खेलकूद विभागको नेता समेत भए ।

जनकपुर क्षेत्रमा जिउँदो शहीदको नामले चिनिने चौधरीले भने, ‘माओवादी नीति र प्रचण्डको नेतृत्व क्षमताबाट प्रभावित भएर म माओवादी केन्द्रमा प्रवेश गरेको हो ।’ उनले थपे, ‘दशकौं लामो राजनीति गरियो । तर, देशको एकता र सबैको हितका लागि सोच्ने र लड्ने पार्टी माओवादी मात्रै लाग्यो । प्रचण्डको राजनीतिक क्षमताबाट म निकै प्रभवित छु, त्यसै भएर माओवादी केन्द्रमा आएँ । अब म निस्वार्थ रुपमा राजनीतिमा निरन्तर लाग्नेछु ।’

चौधरीलाई माओवादीमा प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले  ललन चौधरीको माओवादी आन्दोलनमा प्रवेशले जनकपुर क्षेत्रमा नयाँ उत्साह र गति पैदा गर्ने’ बताए । जनकपुर काँग्रेसको जल्दा बल्दा नेता विमलेन्द्र निधिको गृह जिल्ला हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ