arrow

सप्तरीमा काँग्रेसका उम्मेदवार छानिए, कञ्चनरुपमा ललन र निरु

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
saptari-district.png

राजविराज । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत नगरपालिका र गाउँपालिकामा नेपाली काँग्रेसले आफ्ना केही उम्मेदवार छनौट गरेको छ । 

नेपाली काँग्रेसले जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा १ नं क्षेत्रीय सभापति ललन गुप्तालाई उम्मेदवार बनाएको छ । 

त्यस्तै, निरु पोखरेललाई उपप्रमुखको उम्मेदवार बनाएको क्षेत्रीय सभापति तथा उम्मेदवार गुप्ताले जानकारी दिए । पोखरेल काँग्रेस सप्तरीका पूर्वजिल्ला उपसभापति थिइन् ।

कृष्णासावरन गाउँपालिकाको अध्यक्षमा भने परशुराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेसले जनाएको छ । 

यस्तै, सप्तकोसी नगरपालिकाको प्रमुख पदका लागि समेत उम्मेदबार छनौट भइसकेको र नाम पछि सार्वजनिक गरिने काँग्रेसले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ