arrow

नेपाली कांग्रेसको कार्यालयमा तोडफोड, राजपाका एक दर्जन आन्दोलनकारी नियन्त्रणमा (भिडियो)

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
nawalparasi--todfod.gif

नवलपरासी। नवलपरासीमा राजपा नेपाल पार्टिका जिल्ला संयोजक सहित १ दर्जन  कार्यकर्ता पक्राउ परेका छन् । परासीको बुद्धचोकमा राजपा नेपालका कार्यकर्ताले एमाले को गाडिमा तोडफोड गर्दा प्रहरीले पक्राउ गरेको हो ।  आन्दोलनकारीहरु नेपाली कांग्रेसको क्षेत्र नं. ५ को पार्टि कार्यालयमा आन्दोलनकारीहरुले तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयले आन्दोलनकारी लाई छोड्दा फर्किने क्रममा नेपाली कांग्रेसको कार्यालयको बोर्ड तथा कार्यालय भित्र रहेको पलाष्टिकका कुर्सीहरु र दराजको सिसामा तोडफोड गरेका हुन । 

मंगलबार दिउसो १ बजेको समयमा राजपाका नेता तथा कार्यकर्ताहरुले लु ५ प ३९५८ नम्बरको रातो मोटरसाईकलमा राजपाका दुई कार्यकर्ताहरुले तोडफोड गर्दा प्रहरीले तिनलाई नियन्त्रणमा लिएको थियो । मोटरसाईकलमा एमालेको झन्डा लगाएर बन्दमा घुम्दै गरेको भन्दै सो मोटरसाईकलमा तोडफोड गरेका थिए । सोही क्रममा त्यहाँ उपस्थित राजपा नेपाल पार्टिका जिल्ला संयोजक पुरन चौधरी मधेशी थरुहट लोक्तान्त्रिक मोर्चा संयोजक तथा राजपा नेपालका जिल्ला नेता मुकुरजी गिरी, राजपा जिल्ला सचिव राधेरमन पाण्डे, निरज रौनियार, शैलेश यादव लगायत अन्य गरी एक दर्जन कार्यकर्ता पक्राउ गरेको थियो ।

त्यसैबीच राजपा नेपाल पार्टिले प्रदर्शन गर्न खोज्दा प्रदर्शनकारी पक्राउ परेपछि परासीको झन तनावपुर्ण बन्दै गएको छ । त्यस्तै राजपाका नेता तथा कार्यकर्तालाई पक्राउ परेपछि जिल्ला प्रहरी कार्यलय अगाडि नारावाजि गरेछन् । जिल्ला प्रहरीले पक्राउ गरेको बन्दकर्ता तथा आन्दोलनकारी तत्काल छोड्न भन्दै प्रहरी कार्यालय अगाडि नारावाजि गरीरहेका थिए । दिउसो १ वजे पक्राउ परेका आन्दोलाकारी हरुलाई प्रहरीले ४ वजे विना मुद्धा छोडेको राजपा नेपालका जिल्ला संयोजक पुरन चौधरीले बताए  ।

विहानै देखि परासी बजारमा पटक पटक झडप हुदाँ बजार कतनावपुर्ण बन्दै गएको छ । राजपा नेपाल पार्टिले आज देखि गरेको बन्दले गर्दा प्रहरी र राजपा विच तनाव वढदै गएको छ । आज एकाविहान राजपा नेपालको बन्दमा भैरहवा बाट परासी बजारमा आएको बा १४ च ७०६९ नम्बरको गाडिमा बन्दाकर्ताहरुले तोडफोड गरेका थिए । गाडिमा तोडफोड हुदाँ प्रहरीले सो गाडि नियन्त्रणमा लिनको लागि बन्दकर्ता लाई हपकाउन खाज्ने क्रममा केहीवेर झडप पनि भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ