काँग्रेसले तोक्यो कञ्चनपुरमा उम्मेदवार, को कहाँका उम्मेदवार ?
कार्यकर्ता उत्साहित, पुनर्बासमा जुलुस सहित उम्मेदवारको स्वागत
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ जेठ ३० मंगलबार
252
Shares
पुनर्बास । प्रमुख राजनीतिक दल नेपाली काँग्रेसले स्थानीय निकायको निर्वाचनका लागि लामो समयको रस्साकसी पछि कञ्चनपुरका उम्मेदबारहरुको कार्य सम्पादन समितिले सोमबार टुंगो लगाएको छ ।
पार्टीका उम्मेदवारहरुको टुंगो लागे संगै कार्यकर्ता उत्साहित बनेका छन । दाबेदारी पेस गरेको झन्डै दुई महिना सम्म कसलाई उम्मेदवार तोक्ने भन्ने बिषयको निष्कर्ष निकाल्न हम्मेहम्मे परेको काँग्रेसले निर्वाचनको मिति नजिकिए संगै कञ्चनपुरका उम्मेदबारको छिनोफानो गरेको छ । काँग्रेस को कार्य सम्पादन समितिले पुनर्बास नगरपालिकाका लागि तोयप्रसाद शर्मालाई मेयर पदमा र उप मेयरमा भुलिया रानालाई आफ्नो उम्मेदबार बनाएको छ ।
१८ जना मेयर पदका दाबेदारहरुलाई पछि पार्दै काँग्रेस नेतृत्वबाट छानिएका शर्मा पुनर्बास नगरपालिका ९ स्थित जिवनशक्त्ती बिधालयका शिक्षक हुन । यसरी नै बेलौरी नगरपालिकाको मेयर पदमा हरेन्द्र सिह बिष्ट उपमेयर पदमा खिना भण्डारीलाई काँग्रेसले चयन गरेको छ ।बिष्ट नेपाली काँग्रेस क्षेत्र नम्बर बाट महाधिवेशन प्रतीनिधि हुन ।भिमदत्त नगरपालिका को मेयर पदमा पदम बोगटी र उपमेयरपदमा शुशिला चन्द सिह चयन भएका छन ।
नेपाल विद्यार्थी संघको राजनीति बाट माउ पार्टीको राजनीतिमा उदाएका बोगटी निबर्तमान पार्टी सचिब हुन । बेतकोट नगरपालिकामा काँग्रेसले भोजराज बोहरालाइ मेयर र उप मेयरमा तुलसी भट्ट जोशीलाई चयन गरेको छ । नेबिसंघ,नेपाल तरुण दलको नेतृत्व समाली सकेका बोहरा निबर्तमान पार्टी सचीव र प्रखर तथा बौद्धिक नेताका रुपमा परिचीत छन । यसरीनै कृष्णपुरमा हेमराज ओझालाई मेयरमा र उपमेयरमा भुवनेश्वरी बिष्ट जोशी लाई छनौट गरेको छ ।
शुक्लाफाँटामा दीलबहादुर ऐर मेयर र धर्मा ऐर बिष्ट उपमेयरमा छनौट भएकाछन । महाकालीमा बिरबहादुर सुनार मेयर र गंगादेबी जोशी उपमेयरमा छनौट भएका छन । गाउँ पालिका तर्फ बेल्डाँडीमा चन्द्रबहादुर सिह अध्यक्षमा चयन भएका छन भने लालझाडी गाउँपालिकामा अध्यक्षमा धर्मसिह बडायक र उपाध्यक्षमा राधा राना छनौट भएकी छिन । अबेर गरि काँग्रेसले आफ्ना उम्मेदबार कञ्चनपुरको चुनावी मैदानमा उतारेको छ । काँग्रेसले उम्मेदवारको छिनोफानो गरे लगत्तै पुनर्बासका काँग्रेस कार्यकर्ताहरुले उम्मेदवार सहित रयालीको आयोजना गरि प्रचारप्रसारलाई तिब्रता दिएका छन ।