arrow

काँग्रेस वैठकमा प्रदेश २ र ५ को चुनाव सार्नुपर्ने तर्क

शीर्ष तहलाई निधो गर्ने जिम्मा

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
congress-office.jpg.gif

काठमाडौं । सत्ताधारी नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उठेको विषयले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

प्रमुख विपक्षी एमालेलगायतले असार १४ को निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताइरहेकै बेला काँग्रेसको कार्यसम्पादन समितिको बैठकमा २ र ५ नम्बर प्रदेशमा चुनाव सारिनुपर्ने प्रस्ताव आएको कुरा चुहिएपछि नयँ तरंग उत्पन्न भएको हो ।  

बैठकमा केही साथीहरुले कुरा उठाएका हुन्, बैठकमा सहभागि एक नेताले भने, ‘ छलफलमा त्यो कुरा उठेपनि उच्च तहका नेताको हातमा छ । यसै हुन्छ भन्न सकिँदैन ।’

केही सदस्यले बैठकमा दुई र पाँच नम्बर प्रदेशमा चुनाव सार्नुपर्ने धारणा राखेको उनले बताए । बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको उनले भनेका छन् ।

स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवा टुंगो लगाउन केही दिनदेखि काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक नियमित जसो बसिरहेको छ । मंगलबारको बैठकमा मधेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले गोली चलाएर चुनाव गर्न नहुने धारणा राखे ।

बैठकमा पूर्व सांसद रमेश रिजाल र पूर्व गृहमन्त्री विमलेन्द्र निधिले सहमति नभई २ नम्बर प्रदेशमा चुनाव गर्न नहुने धारणा राखेका बताइएको छ ।

बैठकमा सहभागि ति नेताका अनुसार राष्ट्रिय जनता पार्टी (राजपा)ले दोस्रो चरणको चुनाव बिथोल्न मधेस बन्दसहितको आन्दोलन अघि बढाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेसहितको बैठक बोलाएका छन् । शीर्ष तहकै नेताबाट यस विषयको टुंगो लाग्ने छ, उनले भने, ‘काँग्रेसभित्र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग गम्भीरताका साथ छलफल भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ