arrow

कांग्रेस नै बुटवल विकासको पर्यायः मेयरका उम्मेदवार पाण्डे

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
khel_raj.jpg

ललितपुर । नेपाली कांग्रेसका तर्फबाट बुटवल उपमहानगरपालिको उम्मेदवार बबेका खेलराज पाण्डेले नेपाली कांग्रेस नै बुटवलको विकासको पर्याय भएको बताएका छन् । पाण्डेले सो नगरको हालसम्मका विकासका पूर्वाधार पनि कांग्रेसको नेतृत्वमा नै बनेकोले यसलाई समृद्ध उपमहानगरपालिका बनाउने अभिभारा पनि कांग्रेसको नेतृत्वमा नै सम्पन्न हुने दावी गरे।
 
मंगलबार पत्रकारहरुसंग भएको छलफलका क्रममा पनि उनले आफूले सुकुम्बासी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको बताए । नगर क्षेत्रभित्र रहेका सुकुम्बासीलाई लालपुर्जाको व्यबस्था मिलाउने र नगरपालिकाबाट नामसारी सहजै हुने पद्धतिको बिकास गर्ने पाण्डेले प्रतिवद्धता व्यक्त गरेका छन् ।
 
त्यसैगरी वर्षा याममा अभिसापको रुपमा देखा पर्ने तिनाउ नदीलाई बरदानका रुपमा सदुपयोग गर्ने कार्यक्रम पनि उनले अगाडि सारे। बुटवलको बिकासका नेपाली काँग्रेसको भूमिका उल्लेख गर्दै पाण्डेले प्रश्न गरे–‘नेपाली काँग्रेस बाहेक यहाँ अरु दलले विकासमा के कति योगदान गरेका छन? मलाई बताई दिनुहोस् ।’  उनले बुटवलमा भएका विकासका काम नेपाली काँग्रेसकै नेतृत्वमा भएको उल्लेख गरे।
 
मैनावगरमा रहेको अटो भिलेज, मणिमुकुन्द सेन उद्यान, आम्दा अस्पताल, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल बहुमुखी क्याम्पसको बिज्ञान भवन, लुम्बिनी अञ्चल अस्पतालको प्रसुती कक्ष निर्माण, बुटवल लायन्स आँखा अस्पताल निर्माणलगायतका काम नेपाली काँग्रेसका नेता स्व. सुर्यप्रसाद प्रधान मेयर हुँदा सुरुवात गरेका थिए । त्यस्तैगरी स्व. प्रधान मेयर हुँदा नै पत्रकारिताको प्रोत्साहनकालागि उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गरेका थिए  । उक्त पुरस्कार अहिले पनि नेपाल पत्रकार महासंघले वितरण व्यबस्थापन गर्दै आईरहेको छ । रुपन्देही जिल्लामा दर्जनौं पुल निर्माणमा उनकै योगदान छ ।
 
त्यस्तैगरी पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सिचाई मन्त्री हुँदा जनताको तटबन्धको कार्यालय बुटवलमा स्थापना गरि तिनाउ तथा दानव लगायतका नदी व्यबस्थापनको काम सुरु गरेका छन् । उनले नै कालीगण्डकी–तिनाउ ड्राईभर्सनकालागि पहल कदमी गरेका छन् ।  सोही अनुसार उक्त ड्राईभर्सनकालागि डिपिआर तयार गर्न सरकारले बजेट विनियोजन गरेको छ । पूर्व मन्त्री खाँणले नै सिचाईलाई व्यस्थित गर्नकालागि १६-३६ कुलाको मुहान सहित नहरको संरक्षण तथा सिचाई प्रणालीलाई व्यबस्थित गर्ने काम गरेका थिए । उनकै नेतृत्वमा जिल्लामा दर्जनौ पक्की पुल निर्माण भएका छन् भने दर्जनौं निर्माणाधिन अवस्थामा छन् ।
 
नेपाली काँग्रेसका संस्थापक नेता पूर्व प्रधानमन्त्री स्वगीय गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा ज्योतीनगर र लक्ष्मिनगरको पहिरो नियन्तरण तथा पहिरोबाट विस्थापितलाई बुटवलको तामनगरमा जग्गा व्यबस्थापन गरि स्थानान्तरण गरिएको थियो । त्यस्तै गरी साविक बुटवल १२ रामनगरमा  स्थायी औद्योगिक प्रदर्शनी स्थलकालागि स्वर्गीय पूर्व सांसद सुर्यप्रसाद प्रधानकै पहलमा तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारले १६ विगाहा जग्गा छुट्याएको थियो । जहाँ अन्तर्राष्ट्रिय सभाहल निर्माणको प्रकृयामा छ ।

बुटवललाई नमुना नगरको रुपमा बिकास गर्नकालागि सबैसवारी साधनको पार्किङ् स्थल, सुविधासम्पन्न नयाँ बसपार्कको योजना आफूसंग रहेको बताउँदै उनले आफूले गरेको प्रतिवद्धता पूरा गर्नकालागि नीजि साझेदारी कार्यक्रम मार्फत अंगाडी बढाउने योजना आफूले बनाएको उल्लेख गरे । उनले आफू सात वर्षसम्म नगरपालिकामा सर्बदलीय संयन्त्रमा बसेर काम गरेकाले जनताको आवश्यकता बुझेको र ती समस्या समाधानकालागि पनि नेपाली काँग्रेसकै नेतृत्व आवश्यक रहेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ