दाङ । पूर्व जनमुक्ति सेनाका कमाण्डर एमालेमा प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिका—१६ सिर्जना टोलमा भएको कार्यक्रममा पूर्व जनमुक्ति सेनाका कमाण्डर जिपिटर रानासहित ३८ जना एमालेका प्रवेश गरेका हुन् ।
रानासँगै गम्भीर चन्द, आकाश चन्द, समीरजंग चन्द, मोहन पोखरेल, कृष्ण पोख्रेल, ईश्वर पोख्रेल, गोविन्द रेग्मी, मोहन शर्मा, लालबहादुर चौधरी, प्रेम सुनार, कमल घर्ती, सुशील वली, मदन वली, राम लामा, बलबहादुर बुढाथोकी, लालबहादुर पुन, दलबहादुर विक, रुपजनी बुढा, हिरा चौधरी, विरलाल चैधरी, रुपमान कामी र सरिता थापा एमालेमा प्रवेश गरेका हुन् ।
यस्तै नेपाली काँग्रेसबाट रविन डाँगी, भक्तबहादुर बुढा, छविलाल खत्री, मानबहादुर डिसी, प्रेमलाल कामी, नरबहादुर घर्ती, गोविन्द मल्ल, रुद्रबहादुर थापा, नउज थापा, गोरखनाथ योगी, टोपजंग थापा, भावना सेन वली, दमा बस्नेत र विमला राना एमालेमा प्रबेश गरेका हुन् ।
रविन डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवेशीहरुलाई एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले टीका लगाएर एमाले प्रवेश गराएका हुन् । त्यस अवसरमा एमालेका तर्फबाट घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार नरुलाल चौधरी, पूर्व मेयर अमरबहादुर डाँगी, वडाध्यक्ष पदका उम्मेदवार लक्षिनप्रसाद बुढा, एमालेका नेता शिवकुमार आचार्य, जिल्ला सदस्य शिल्पा चौधरीले बोलेका थिए ।
घोराहीलाई स्मार्टसिटी बनाउने प्रतिबद्धता
नेकपा एमाले घोराही उपमहानगरपालिकाका उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका छन् । पाँच वर्षभित्र घोराही उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउने, धुलो मुक्त नगर बनाउने योजनासहित आफूलाई जिताउन उम्मेदवारहरु घरदैलोमा गएका हुन् ।
नेकपा एमाले घोराही १५ ले आज बिहानैदेखि घरदैलो अगाडि बढाएको छ । वडाध्यक्षका उम्मेदवार बुद्धिप्रसाद पौडेलको नेतृत्वमा नगरका भित्रै टोलमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा वडाध्यक्षका उम्मेदवार पौडेलले नगरको विकासका लागि आफूहरुको विजय आवश्यक रहेको भन्दै आफ्नो टिमलाई विजयी बनाउन आग्रह गरेका थिए ।
घोराहीको मुहार फेर्ने नीति सहित आफूहरु चुनावी मैदानमा उत्रिएको भन्दै उनले घोराहीको मुहार फेर्ने सामथ्र्य एमालेसँग मात्रै भएकाले एमालेलाई विजयी बनाउन आग्रह गरेका थिए । उक्त अवसरमा मतदाताहरुले आफ्नो मतको सदुपयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरेका थिए । यसैबीच घोराही–१४ ले पनि बिहानैदेखि घरदैलो गरिरहेको छ ।