काठमाडौं । पाल्पामा राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
तानसेन नगरपालिकाको प्रमुखमा टीकाराम पौडेल र उपप्रमुखमा उमा सिञ्जाली, रामपुर नगरपालिकाको प्रमुखमा रेशम कँडेल र उपप्रमुखमा सावित्रा गैरेको नाम सिफारिस गरेको छ । पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा प्रमुख पदका उम्मेदवारको नाम टुङ्गो लगाएको राष्ट्रिय जनमोर्चा पाल्पाले जनाएको छ ।
यस्तै निस्दी गाउँपालिकाको अध्यक्षमा देवीलाल राना, पूर्वखोलाको अध्यक्षमा मानबहादुर बयम्बु, रम्भाको अध्यक्षमा मानबहादुर गाहा र उपाध्यक्षमा विमला सिञ्जालीको नाम टुङगो लगाएको छ।
माथागढीको अध्यक्षमा रामकरण थापा, बगनासकालीको अध्यक्षमा प्रेम कुमाल, तिनाहुँको अंध्यक्षमा कमल थापा, रिब्दिकोटको अध्यक्षमा तिलक गाहालाई राष्ट्रिय जनमोर्चाले उम्मेदवारको बनाउने भएको छ। त्यसै गरी रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा परशुराम पोखरेल र उपाध्यक्षमा लक्ष्मी दर्लामीलाई उम्मेदवार बनाएको राष्ट्रिय जनमोर्चा पाल्पाले जनाएको छ ।