arrow

काँग्रेसका मेयर पदका उम्मेदवार कनोडियाको गाडीमा तोडफोड

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
congress-flag.jpg

कोहलपुर । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड भएको छ । 

नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । 

गाडी तोडफोड गर्ने रौनियारलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । 

पुरैनाबाट फर्कदै गर्दा अकस्मात् गाडीको झन्डा भाँच्दै ढुङ्गाले गाडीमा हानेको गाडी चालक महेन्द्र सिंहले बताए । गाडीमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ । 

यसैबीच, प्रमुखका उम्मेदवार डा कनोडियाले निर्वाचनमा हिंसा र तोडफोड नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । उनले भने, “स्वस्थ प्रतिस्पर्धामा आउनुस्, निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबै दलको जिम्मेवारी हो, जनताले जसलाई मन पराउँछन्, उसैलाई मतदान गर्छन् ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ