विप्लव माओवादीको राप्ती बन्द, डरैडरले जनजीवन प्रभावित
प्रकाशित २०७४ जेठ ३० मंगलबार
274
Shares
काठमाडौं । विद्रोही नेता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको राप्ती बन्दले जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण यातायात पसल तथा कलकारखानाहरु सञ्चालन हुन सकेका छैनन् ।
राप्ती अञ्चल अन्तर्गतका दाङ, रोल्पा, रुकुम, सल्यान, प्यूठान जिल्लामा जनजीवन प्रभावित भएको हाम्रा जिल्ला प्रतिनिधिहरुले बताएका छन् ।
रोल्पा, रुकुम, दाङ लगायत विभिन्न ठाउँबाट पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव माओवादीले राप्ती अञ्चल बन्दको आव्हान गरेको हो ।
बन्द आव्हान गरे पनि विप्लवका कार्यकर्ताहरु सडकमा भने देखिंदैनन् ।