arrow

हिंसामा उत्रिए राजपाका कार्यकर्ता, बारामा ३ निवार्चन अधिकृत कुटिए

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
rajapa_news.jpg

बारा । आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकर्ताले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा खटिएका तीन जना मतदान अधिकृतलाई कुटेका छन् । राजपाले जुलुस र प्रदर्शनका कार्यक्रम घोषणा गरेको भएपनि कार्यकर्ता हिंसात्मक आन्दोलनमा उत्रिएका हुन् ।

भरत चोक– कलैया खण्डमा रहेको राजपा कार्यालय अगाडि तीनैजना मतदान अधिकृत कुटिएको प्रहरीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको निर्वाचन सम्बन्धि तालिममा सहभागी भएर कलैयाबाट बाहिरिने क्रममा मतदान अधिकृत विशेश्वर प्रसाद यादव, शंकर श्रेष्ठ र बाबुलाल सहनी कुटिएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।

तालिमबाट मोटरसाईकलमा हिडिरहेका कृषि अनुसन्धान कार्यालय केन्द्र परवानीपुरका उपसचिव समेत रहेका विशेश्वर प्रसाद यादव, उखु अनुसन्धान केन्द्रका प्राविधिक रहेका अधिकृत शंङ्कर श्रेष्ठलाई कुटपिट गरी घाइते बनाएको प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए । कुटपिटमात्रै नगरी कपडा च्यातचुत पारेको समेत उनले बताएका छन् ।

निर्वाचनमा खटेका कर्मचारीहरुलाई कुटपिट गरेको र गाडीमा तोडफोड गरेको आरोपमा राजपाका कार्यकर्ता पन्नालाल पटेल पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक उप्रेतीले घटनामा संलग्न रहेका एक जनालाई पक्राउ गरी  अनुसन्धान भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ