काठमाडौं । १३ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा जेल जीवन विताइरहेका चार्ल्स शोभराजको मुटुको शल्यक्रिया भएको छ । शोभराजको सोमबार शहीद गंगालाल अस्पतालमा डा. रामेश कोइरालाको चिकित्सक टोलिले शल्यक्रिया गरेको हो । शोभराजको मुटुको शल्यक्रिया हुन तीन ३ घण्टा समय खर्चिए ।
शोभराजलाई शुक्रबार नै अपस्पतालमा भर्ना गरिएको थियो । मंगलबार शल्यक्रिया गर्ने समय तोकिएको भएपनि आकस्मिक रुपमै सोमबार नै शल्यक्रिया गरिएको अस्पताल स्रोतले जनाएको छ । शोभराजको ट्राइक्पिड भल्वको मर्मत गरिएको र माट्ररियल भल्व फेरिएको बताइएका छ ।
मुटुमा कडा समस्या देखिए पछि चिकित्सकहरुले शल्यक्रिया गर्नु पर्ने बताएका थिए । यद्यपि, शोभराजले फ्रेन्च चिकित्सकलाई रिपोर्ट पठाए । उताबाट समेत शल्यक्रिया गर्नु पर्ने प्रतिक्रया आएपछि मात्र मुटुको मर्मतका लागि राजी भएका हुन् । विकिनी किलरको नामबाट परिचित शोभराजलाई अन्तर्राष्ट्रिय स्तरकै कुख्यात अपराधी समेत भन्ने गरिएको छ । उनको सफल शल्यक्रिया भएको र अवस्था सुधारोन्मुख भएको चिकित्सकहरुले बताएका छन् ।
नेपाल, भारत लगायत अन्य दक्षिण एसियाली मुलुकहरुमा २० बढीको हत्या आरोप खेपिरहेका शोभराजको शल्यक्रिया पछि डा. कोइरालाले भने, ‘उनीसँग मुटु रहेछ ! र मैले त्यसभित्र भल्भ फिट गरेको छु र उनी खतरामुक्त छन् ।’ डाक्टर कोइरालाले ट्वीटरमा पोष्ट गरेका छन् । अपरेशन थियटरमा लानुभन्दा पहिले डाक्टर कोइरालाले शोभराजसँगको तस्वीर पनि पोष्ट गरेका थिए ।
सन् २००८ मा निहिता विश्वाससँग विवाह गरेका शोभराजलाई शल्यक्रियाका लागि आवश्यक रगत उनैले दान गरेको बताइँदै छ । उनी आमा सकुन्तलासँग अस्पताल पुगेकी थिइन् । सकुन्तला शोभराजविरुद्ध चलिरहेको मुद्दामा प्रतिवादीको तर्फबाट वकालत गरिरहेकी छन् ।
शाेभराज र निहिताको ब्लड ग्रुप ओ नेगेटिभ रहेको अस्पतालले जनाएको छ । यो समूहको रगत पाउन मुस्किल पर्ने भएकाले निहिताले नै १ पाउण्ड रगत सोभराजका लागि दान गरेको बताइएको छ ।