अपरहणमा परेका श्रेष्ठको अवस्था सार्वजनिक गर्न भन्दै तुलसीपुरमा व्यवसाय बन्द हुने
प्रकाशित २०७४ जेठ २८ आइतबार
324
Shares
तुलसीपुर । गत शुक्रवार अज्ञात समूहको अपहरणमा परी हालसम्म अवस्था सार्वजनिक नभएकाले अवस्थाको सार्वजनिक गर्न भन्दै प्रशासनलाई दवाव दिन प्रजातान्त्रीक उद्योग व्यापर संघले सोमबार विहान् तुलसीपुरको व्यापार व्यवसाय, उद्योग कलकारखाना स्वस्फुर्तरपमा बन्द गर्ने जनाएको छ ।
नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता तथा तुलसीपुरका प्रतिष्ठीत व्यापारी राजकुमार श्रेष्ठको खोजीमा तदारुकताका साथ लाग्न र अवस्था सार्वजनिक गर्न दबाब दिन तुलसीपुरको व्यापार व्यवसाय बन्द गर्ने प्रजातान्त्रिक व्यापार संघका अध्यक्ष जनक खरालले बताए ।
बिहान ७ बजे व्यवसायीहरुले दबाब स्वरुप विरेन्द्र चोकबाट मौन र्याली निकाल्ने र ११ बजेसम्म बजार बन्द गर्ने स्वतस्फुर्त निर्णय भएको प्रजातान्त्रिक उद्योग व्यापार संघ तुलसीपुरले जनाएको छ ।