प्रहरीद्वारा अरबी मारिएको विरोधमा इजरायलमा हजारौको प्रदर्शन
प्रकाशित २०७४ जेठ २८ आइतबार
313
Shares
जेरुसेलम। इजरायलको मध्यभागमा हजारौँको सङ्ख्यामा रहेका अरबी शनिबार विरोध र्याली निकालेका छन्। यसै हप्ताको सुरुमा प्रहरीद्वारा एक जना अरबी प्रदर्शनकारी मारिएको विरुद्धमा उनीहरुले विशाल प्रदर्शन गरेका हुन्।
निजी सुरक्षा गार्डले प्रहार गरेको गोली लागी २१ वर्षीय मोहम्मद मोहम्मद ताहाको गत सोमबार राति मृत्यु भएको थियो। इजरायलमा न्युन सङ्ख्यामा रहेका अरबी समुदायप्रति सरकारको विभेदपूर्ण निती रहेको भन्दै उनीहरुले प्रदर्शन गरेको बताएका छन्।
प्रदर्शनकारीले प्रहरीद्वारा भएको हिंसा र दुव्र्यवहारको आलोचना गरिएको नारा लेखिएको व्यानरसहित प्रदर्शन गरेका थिए। अरबी नागरिकको छाता सङ्गठनले आह्वान गरेको र्यालीमा सहभागीले मारिएका व्यक्तिको हत्या प्रहरीले नै गरेको आरोप लगाएका छन्। रासस÷सिन्ह्वा