arrow

दुखलाई बाजै बजाएर विदाई गरे राङ्खानीबासीले, अब भोग्नु पर्दैन पहिलेजस्तो दुख

logo
नारायण रिजाल, 
प्रकाशित २०७४ जेठ २७ शनिबार
baglung_rankhani.jpg

बागलङ । कुश्मिसेरा बजारबाटै हिँडेरै आफ्नो जिवनको ६० वर्ष पार गरिसकेकी राङखानी, चिलाउनेखर्ककी हरिकला थापा गाउँमा मोटरबाटो आउला भन्ने कल्पनासम्म गरेकी थिएनन् । जवानीको अधिकांश समय कुश्मिसेरा, बागलुङ र कुस्मा बजारबाट नुन, तेल, चिनी बोकेर ल्याएकी उनी घर नजिकै गाडि गुडेको देख्दा निकै हर्षित भएकी छन । ‘बाँचेपछि धेरै कुरा देखिन्छ भन्थे हो रैछ ’ साविकको राङखानी गाविसको चिलाउनेखर्कमा पहिलोपटक पुगेको गाडीलाई स्वागत गर्न आएकी हरिकलाले भनिन, ‘हामीले जीवनभर दुख पायौं । अहिले आफ्नै घर नजिकै बाटो आएर गाडी गुडेको देख्न पाइयो ।’

बागलुङ जिल्लाको दक्षिण भेग अन्र्तगतको साविकको राङखानी गाविस हाल जैमिनि नगरपालिका वडा नं. १० मा पर्छ । बागलुङका कतिपय ठाउँमा अझैं यातायातको पहुँच पुगेको छैन । राङखानीको चिलाउनेखर्कमा पहिलो पटक गाडी पुग्दा नौमती बाजा सहित स्थानियहरु स्वागतका लागि बसिरहेका थिए । 

यसै क्षेत्रका सांसद त्यहाँ गाडी लिएर पुगेपछि स्थानीयहरुको निकै हर्षित मुद्रामा देखिए । सांसद प्रकाश शर्मा पौडेल देवलधारा चिलाउनेखर्क भान्सेडाँडा पाही सडकको उद्घाटनका लागि त्यहाँ पुगेका थिए । दैनिक उपभोग्य वस्तुदेखि औषधि उपचारसम्मका लागि चार घण्टा पैदल हिँडेर कुश्मिसेरा झर्नुपर्ने बाध्यता अब चिलाउनेखर्क बासीमा टरेको छ ।  

बागलुङ क्षेत्र नं. २ का सांसद प्रकाश शर्मा पौडेललको निर्वाचन क्षेत्र विकास पुर्वधार कार्यक्रमको ९ लाख ७० हजार र स्थानिय जनसहभगिताको २ लाख ९५ हजार ३ सय ८२ गरी कुल १२ लाख ६५ हजार ३ सय ८२ को लागतमा करिब ५ किलोमिटर बाटो निर्माण गरिएको थियो । स्थानियहरु सांसद प्रकाश शर्मा पौडेललाई बाजा गाजा र अबिर मालाले  स्वागत गरेका थिए । 

सांसदले पहल थालिदिएका कारण यो बाटोमा हामी गाडी चढ्ने मौका पायौ स्थानीय चन्द्र बहादुर थापाले भने अब हामीलाई धेरै सहज भएको छ । अहिले बागलुङ कुश्मिसेरा राङखानी, धुल्लुबास्कोट हुँदै बरेङ जाने मुल सडकदेखि ३ किलोमिटर अगाडि पुगेपछि चिलाउनेखर्क आउँछ त्यहाँ पुग्न २ घण्टाको बाटो हिँडनुपर्ने बाध्यता अब टरेको छ । 
गाउँको विकासका लागि धेरै निकायसँग पहल थालेका काँग्रेसका युवा नेता भिम श्रीषले सडक सञ्जालसँग नजोडिँदा स्थानीयले धेरै दुस्ख पाइरहेको अनुभव सुनाए । यातायात पुगेपछि स्थानीयलाई धेरै कुराको सहज भएको छ उनले भने, ‘सडक नहुँदा विकासका गतिविधि शून्य थिए । कृषि उत्पादनले मूल्य पाउन सकेको थिएन । अब धेरै सजिलो भयो ।’ सडकको विकास नहुँदा हुनेखाने परिवार बाहिर तिर पलायन हुन बाध्य भएका छन । 

आफुले गाउँमा सडक संजालको विस्तार गर्न खोज्दा कसैले पत्याएका थिएनन् देवलधारा चिलाउनर्क भान्सेडाँडा पाही ग्रामिण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दल बहादुर श्रीषले भने । म गाउँमा विकास निर्माणको काममा अग्रसर देखाउँदा सबै कुरा काट्दै हिड्थे । उनले यस क्षेत्रका सांसद देखी अन्य निकायको पहलमा गाउँमा बाटो ल्याउन आफु सफल बनेको बताउँछन ।

करिब १ सय भन्दा बढी घरधुरी प्रत्यक्ष रुपमा उक्त सडकबाट लाभाम्बित हुने अध्यक्ष श्रीषले बताए । सडक उदघाटनको क्रममा चिलाउनेखर्क पुगेका बागलुङ क्षेत्र नं. २ का सांसद प्रकाश शर्मा पौडेलले कृषि उत्पादन र पर्यटन प्रर्वद्धनका लागि राङखानी सम्भावना बोकेको गाउँ भएका कारण यसको विकासको लागि आफु सधै सहयोग गर्न तयार रहेको बताए । 

त्यसैगरी, जैमिनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख ईन्द्रराज पौडेल आफ्नो पहिलो प्राथमिकता भनेकै यातायात र कृषि भएका कारण यसको विकासको लागि सधै तयार रहेको बताए । सडक उदघाटनको क्रममा काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, जिल्लाका पत्रकार नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ