arrow

सुनसरीका सबै तहमा काँग्रेसको उम्मेदवार चयन

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
sunsari.png

इनरुवा । नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । 

पार्टीले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवार चयन गरेको हो ।

पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ । 

धरान उपमहानगरपालिकाको उपप्रमुखमा श्यामा रेग्मी तथा इनरुवा नगापालिकाको प्रमुखमा राजन मेहता र उपप्रमुखमा जमुना पोखरेललाई उम्मेदवार चयन गरिएको छ । 

दुहवी नगरपालिकामा प्रमुखमा गौरीशङ्कर रौनियार र उपप्रमुखमा कल्पना कार्कीलाई उम्मेदवार बनाइएको छ । 

रामधुनी नगरपालिकामा प्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा विजय कटुवाललाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिए । 

बराह नगरपालिकामा प्रमुखमा बाबुराम बिष्टलाई र उपप्रमुखमा पूजा धामीलाई उम्मेदवार बनाइएको छ । 

गढी गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद यादव र उपाध्यक्षमा रामकुमारी चौधरीलाई उम्मेदवार बनाइएको छ । 

बर्जु गाउँपालिकाको अध्यक्षमा इस्राइल अन्सारी र उपाध्यक्षमा खुसीदेवी चौधरीको नाम टुङ्गो लगाइएको छ । 

देवानगन्ज गाउँपालिकाको अध्यक्षमा लालीप्रसाद मेहता, हरिनगरा गाँउपालिकाको अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगतको नाम टुङ्गो लागाइएको छ । 

कोसी गाउँपालिकाको अध्यक्षमा अयुब अन्सारी र उपाध्यक्षमा अनिता यादव तथा भोक्राह गाउँपालिकामा अजमल अख्तर र पुष्पा मेहताको नाम टुङ्गो लगाइएको सभापति कोइरालाले जानकारी दिए । 

काँग्रेसको चुनावी प्रचार कार्यक्रमअन्तर्गत घरदैलो अभियान भइरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ