arrow

वैदेशिक रोजगारका समस्यालाई चाँडो समाधान गर्छु : श्रममन्त्री मन्सुर

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
mansur.jpg

काठमाडौँ । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्यालाई चाँडो समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।  

बुधबारु मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त मन्त्री मन्सुरले खाडी मुलुकको समस्या समाधानका लागि आफूले सक्ने काम आफूले गर्ने र नभए मन्त्रिपरिषद्को बैठकमा लगेर भए पनि समाधान गर्ने बताए ।

मन्त्री मन्सुरले संविधानको अधीनमा रही जनताको सेवा गर्ने काम आफ्नो कार्यकालको प्रमुख प्राथमिकता हुनेसमेत बताए । उनले आफू जनताको प्रतिनिधिको हैसियतले मन्त्री बनेको बताउँदै जनतालाई सेवा पुर्‍याउने काममा लाग्न कर्मचारीलाई आग्रह गरे। साथै उनले पारदर्शी तरिकाले काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

विसं २०११ मा बारा जिल्लाको भवानीपुर वडा नं ३ मा जन्मिएका मन्सुर १६ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घको राजनीतिमा लागेका थिए । विसं २०२८ मा भारतको पटनामा विश्वेश्वरप्रसाद कोइरालाको हातबाट नेपाली काँग्रेसको सदस्यता लिएका मन्सुर विसं २०३४ देखि ०३६ सम्म काँग्रेस बाराको सहसचिव बनेका थिए ।

विसं २०३६ देखि २०४७ सम्म जिल्लाको सचिव, २०४८ देखि २०५७ पार्टी सभापति हुँदै विसं २०५७ मा काँग्रेसको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य बने । पटकपटक जेल परेका मन्सुर विसं २०५६ मा भएको आमनिर्वाचनमा बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको सदस्य चुनिए ।

यस्तै, विसं २०७० मा भएको दोस्रो संविधानसभाबाट सभासद् बन्नुभएका उनि विसं २०६४ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ