arrow

देउवालाई ओलीको बधाई, गरेका बाचा पूरा गर्नु

संसद खुलेसँगै एमाले छलफलविहिन

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
deuba-oli1.jpg

काठमाडौं । प्रमुख विपक्षी दल एमाले नेता केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । सपथग्रहण समाराेहमै उपस्थित अाेलीले देउवालाई हात मिलाएर बधाई दिएका हुन् ।

एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले ओलीले कार्यकालको सफलताको शुभकामना दिएको र आफुले गरेका प्रतिवद्धता पुरा गर्नु होला भनेको जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री निर्वाचन हुनुअघि संसदमा सम्बोधनका क्रममा शीर्ष तीन नेताबीच जुहारी चलेको थियो । ओलीले शेरबहादुर जीलाई अहिलेका अहिले नै प्रधानमन्त्री किन बन्नु परेको भनेर सोधेका थिए । जवाफमा देउवाले मेरो बारेमा चिन्ता गर्नु भएकामा धन्यवाद अब पनि यस्तै चिन्ता गर्नु होला भनेका थिए ।

यस्तै, संसदको अवरोध खुलेसँगै एमाले एजेण्डाविहिन भएको छ । तत्काललाई एमालेको कुनै छलफल नरहेको बताइएको छ । पार्टी कार्यालय सचिव श्रेष्ठका अनुसार २७ गतेपछि मात्रै स्थायी कमिटी बैठक सुरु हुने र तत्काल कुनै छलफलको कार्यक्रम नरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ