चीन र नेपालबीच सम्बन्ध सुमधुर हुने देउवाको विश्वास, चिनियाँ राजदूत बुढानीलकण्ठमै
प्रकाशित २०७४ जेठ २४ बुधबार
743
Shares
काठमाडौँ । नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकामा चीनले बधाई दिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत यु होङ मंगलबार साँझै देउवाको निजी निवास बुढानिलकण्ठमै पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गरेकी हुन् ।
सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गरिन् ।
जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरेका थिए ।