arrow

देउवालाई प्रधानमन्त्री बनाउन राजपासँग यस्तो भयो ३ बुँदे सहमति

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
sahamti.jpg

काठमाडौं । नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालबीच फेरि तीन बुँदे सहमति भएको छ । प्रचण्ड नेतृत्वको सरकार गठन हुँदा भएको सहमतिलाई पुनरावलोकन गर्दै नयाँ सहमति भएको हो ।

सहमतिको पहिलो बुँदामा २०७३ श्रावण १९ गते नेपाली काँग्रेस, माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मोर्चा, संघीय गठबन्धनबीच सम्पनन भएको ३ बुँदे सहमतिपत्रप्रति पुनः प्रतिवद्धता व्यक्त गर्दछौँ,–उल्लेख छ ।

दोस्रो बुँदामा ३ बुँदे सहमति मध्येका बुँदा नम्बर एक र दुई अन्तर्गत आयोगको गठन, संविधान संशोधन, मुद्दा फिर्ता, शहीद घोषणा, क्षतिपूर्ति, उपचार खर्चलगायत विषयहरुमा केही कार्यहरु अगाडि बढेको र केही कार्यहरु बाँकी रहेका छन् । त्यस मध्येका संविधान संशोधनको विषय, मुद्दा फिर्ताको विषय, शहीद घोषणाको विषय, अपाङ्गहरुको व्यवस्थापनका विषयहरुसँग सम्बन्धित बाँकी कार्यहरु प्राथमिकताका साथ कार्यान्वयन गर्न प्रतिवद्धता व्यक्त गर्दछौँ । साथै, स्थानीय तहको संख्या राजनीतिक सहमतिको आधारमा वृद्धि गर्ने सैद्धान्तिक सहमति गर्दछौँ, भनिएको छ ।

३ नम्बर बुँदामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार व्यवस्थाकिा संसदमा प्रधानमन्त्री पदको लागि हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने सहमति गर्दछौँ, भन्ने लेखिएको छ ।

सहमति पत्रमा काँग्रेसबाट शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, राजपाबाट महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा, राज किशोर यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मण लाल कर्णले हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ