रामचन्द्र भन्छन्–अहिलेको आवश्यकता देशलाई निकास र जनतालाई विकास
प्रकाशित २०७४ जेठ २३ मंगलबार
350
Shares
काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’ नै काँग्रेसको समाजवादको उद्देश्य रहेको बताएका छन् ।
संसदमा पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्तावमाथि समर्थन गर्दै नेता पौडेलले जनतालाई क्वालिटिको जीनव दिन कृषिलाई बढावा दिनु पर्नेमा जोड दिए । नेता पौडेलले किसानको जीवनमा गुणात्मक सुधार ल्याउनु र श्रमिकलाई माथि उठाउनु नै विकास हो ।
आफुहरुले अस्पष्ट अवधारणामा गएर मुलुकको विकास गर्न चाहेको पौडेको भनाई छ । उनले भने, ‘नेपाली काँग्रेसकै नेतृत्वमा देशले संविधान र निकास पायो । अब विकास पाउेन छ ।’ पौडेलले देशलाई निकास र जनतालाई विकास चाहिएको बताए ।
७० वर्ष देखि नेपालले व्यवस्था पाउन नसकेको भन्दै नेता पौडेलले अब व्यवस्था स्थापित गर्न लाग्नु पर्छ । उनले भने, ‘सबै भन्दा पहिले व्यवस्था दिनु पर्दछ ।’