arrow

रोकिएन निर्वाचनमा बालबालिकाको प्रयोग, नगर्न आग्रह

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
sunsari.png

इनरुवा । चुनावी प्रचारप्रसारका लागि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न बालबालिका र बाल अधिकारकर्मीले दलहरुलाई आग्रह गरेका छन् । 

चुनावी प्रचारप्रसारका लागि सुनसरीका केही दलहरुले बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका हुन् । 

जिल्लाका सरोकारवालाले निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नहुनेमा समेत जोड दिएका छन् । 

सरोकारवालाले निर्वाचनमा बालबालिकाको प्रयोग निर्वाचन आचारसंहिता विपरीत हुने र बालअधिकारको हननसमेत हुने भएकाले बालबालिकाको प्रयोग चुनावमा गर्न नहुनेमा जोड दिएका हुन् । 

सोमबार भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक पोषराज पोखरेल, जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदी, बालकल्याण समितिका अध्यक्ष जगदीश वली, मानव अधिकार सञ्जालका रमेश भट्टराई र अन्य सरोकारवालाको सहभागिता रहेको थियो । 

कार्यक्रममा सरोकारवालाले बालबालिकालाई निर्वाचनमा कुनै पनि बहानामा प्रयोग गर्न नहुनेमा जोड दिएका थिए । 

बालबालिकालाई राजनीतिबाट अलग राख्नुपर्ने र बालअधिकारको संरक्षण गर्नुपर्नेमा समेत जोड दिएको सञ्जालका भटृराईले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ