काठमाडौँँ । बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाले पूर्णता पाएको छ ।
उक्त नगरपालिकाका बाँकी आठ जना सदस्य सोमबार निर्वाचित भएपछि २३ जनाको नगर कार्यपालिका बनेको छ ।
निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालका अनुसार निर्वाचनमा पूरै आठ सदस्यमा नेकपा एमालेले जितेको छ ।
उनका अनुसार पाँच महिला सदस्यमा तारा रोका, दुर्गा थापा, रिना श्रेष्ठ, शान्ता ढकाल (पुडासैनी) र सुुमित्रा त्रिपाठी (पाण्डे) निर्वाचित भएका हुन् । निर्वाचित पाँचै जना यसअघि निर्वाचित ६७ मध्येकै हुन् ।
दलित तथा अल्पसङ्ख्यकमध्येबाट निर्वाचित तीन नयाँ सदस्यमा कृष्णबहादुर मिजार, सुशीला मिजार र सुकुलाल मिजार निर्वाचित भए।
कार्यपालिकामा नगरप्रमुख, उपप्रमुख, १३ वडाध्यक्ष र सोमबार
निर्वाचित आठ सदस्य रहनेछन् ।
उक्त कार्यपालिकाको बैठकले ७० सदस्य रहने नगरसभा बोलाउने र तीन सदस्यीय नगर न्यायिक समिति गठन गर्नेछ ।