arrow

चितवनमा एमालेको विरोध प्रदर्शन

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
Chitwan_District.png

चितवन। भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने आयोगको निर्णयविरुद्ध नेकपा (एमाले) चितवनले आज यहाँ विरोध प्रदर्शन गरेको छ।

भरतपुरको चौबिसकोठीमा जम्मा भएर एमाले नेता तथा कार्यकर्ता नारा जुलुस गर्दै नारायणगढको पुल्चोक पुगेका थिए। पुल्चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले आफ्नो जित भइसकेकामा सत्ताको प्रभावमा परेर निर्वाचन आयोगले पुनः मतदानको घोषणा गरेको जिकिर गरे। उनले एमालेले कानुनी बाटो र जनताका साथबाट न्याय खोज्ने बताउँदै जनताको मन जिते सधैँ प्रिय होइन्छ भने।

सो अवसरमा एमालेका कावा जिल्ला अध्यक्ष तेजेन्द्र खड्काले हार्ने निश्चित भएपछि नेकपा(माओवादी केन्द्र)ले मतपत्र च्यातेर रडाको मच्चाएको र उसैको पक्षमा आयोगले निर्णय लिनु दुर्भाग्य भएको विचार व्यक्त गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ