काठमाडौँमा हिँडिरहेको व्यक्तिबाट ३२ लाख लुट्ने ५ पक्राउ
प्रकाशित २०७४ जेठ २१ आइतबार
231
Shares
काठमाडौँं । म्हेपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ जना लुटेरा पक्राउ परेका छन् । लुटपाटमा संलग्न भन्दै प्रहरीले सरोज श्रेष्ठ, तारा बोहोरा, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको सोह्रखुट्टे वृतका प्रमुख डिएसपी सौमेन्द्र राठैरले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले साढे २ लाख रुपिँया मात्रै बरामद गरेको छ । लुटपाटमा संलग्न अन्य केही रुपिँया लिएर फरार भएको प्रहरीले जनाएको छ ।
महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकुमार विकको साथबाट शुक्रबार ३२ लाख रुपिँया लुटिएको थियो ।
पीडितले आफूहरुले बैंकबाट झिकेको २२ लाख र आफ्ना साथमा रहेको १० लाख गरी ३२ लाख लिएर हिँडिरहेका बेला बा ४५ प ४५२५ नम्बरको पल्सरमा आएका दुई जनाले लुटपाट गरेको प्रहरीलाई बताएका छन् । जग्गा कारोबारका लागि आफूहरुले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन् ।