राप्रपाले देउवालाई समर्थन गर्ने, सरकारमा जान वार्ताका लागि ३ सदस्यीय कार्यदल
प्रकाशित २०७४ जेठ २१ आइतबार
450
Shares
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मतदान गर्ने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले प्रधानमन्त्रीमा देउवालाई मतदान गर्ने निर्णय गरेको हो । बैठकले सरकारमा सहभागि हुने नहुनेबारे निधो गर्न तीन सदस्यीय कार्यदल बनाएको छ ।
महामन्त्री जयन्तबहादुर चन्दको नेतृत्वमा वार्ताका लागि कार्यदल बनाइएको कार्यदल सदस्य दिलनाथ गिरीले जानकारी दिए ।
कार्यदलमा चन्द, गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही छन् । गिरीले भनेका छन्, ‘अब गठन हुन लागेको प्रजातान्त्रिक सरकारलाई समर्थन गर्ने भन्ने नीति बनेको छ ।’ वार्ताका क्रममा एजेण्डा मिले सरकारमा जाने र नमिले नजाने भन्ने कुरा भएको छ ।
यसअघि, आइतबार विहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुको मत बाँझिएपछि निर्णय हुन सकेको थिएन ।