arrow

चितवन एमाले कठोर, निरन्तर विरोध

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
cpnuml.jpeg

चितवन । भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने आयोगको निर्णयविरुद्ध  चितवन एमाले कठोर भएर आएको छ । चितवन एमालेले आइतबार पनि प्रदर्शन गरेको छ ।

भरतपुरको चौबिसकोठीमा जम्मा भएर एमाले नेता तथा कार्यकर्ता नारा जुलुस गर्दै नारायणगढको पुल्चोक पुगेका थिए । पुल्चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले आफ्नो जित भइसकेकामा सत्ताको प्रभावमा परेर निर्वाचन आयोगले पुनः मतदानको घोषणा गरेको जिकिर गर्नुभयो । उहाँले एमालेले कानुनी बाटो र जनताका साथबाट न्याय खोज्ने बताउँदै जनताको मन जिते सधैँ प्रिय होइन्छ, भने ।

सो अवसरमा एमालेका कावा जिल्ला अध्यक्ष तेजेन्द्र खड्काले हार्ने निश्चित भएपछि माओवादी केन्द्रले मतपत्र च्यातेर रडाको मच्चाएको र उसैको पक्षमा आयोगले निर्णय लिनु दुर्भाग्य भएको विचार राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ