arrow

लमजुङका तीन स्थानीय तहमा कार्यपालिका गठन

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
lamjung-district.png

बेंसीसहर । लमजुङका तीन स्थानीय तहमा कार्यपालिका गठन भएको छ । बेँसीसहर र मध्य नेपाल नगरपालिका तथा क्व्होलासोथार गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट कार्यपालिका गठन भएको हो । 

निर्वाचन मत परिणामानुसार बेँसीसहर नगर कार्यपालिकामा एक सदस्यबाहेक सबैमा नेकपा एमाले विजयी भएको छ । 

निर्वाचनमा दलित वा अल्पसङ्ख्यकतर्फबाट नेकपा माओवादी केन्द्रका देवबहादुर गहतराज तथा एमालेका दोजबहादुर खवास र अजय मजाकोटी निर्वाचित भए । 

यस्तै महिला सदस्यमा एमालेका आशा तामाड, कृष्ण नेपाली, मनमाया गुरुङ, मन्दिरा दनाई, र विष्णुमाया राना निर्वाचित भए । 

यसैगरी मध्य नेपाल नगरपालिकामा एक सदस्यबाहेक सबैमा नेपाली काँग्रेस विजयी भए । 

शुक्रबार भएको निर्वाचनमा दलित वा अल्पसङ्ख्यकका तर्फबाट माओवादी केन्द्रकी मैया मौरती तथा नेपाली काँग्रेसकी कमला माझी र दीपेन्द्र घर्ती विजयी भए । 

त्यस्तै महिलातर्फबाट काँग्रेसकी आशा मझाकोटी, लक्ष्मी विश्वकर्मा, शान्तादेवी थापा, बालकुमारी उचै र विष्णुमाया गिरी विजयी भए । 

यस्तै क्व्होलासोथार गाउँकार्यपालिकामा एक सदस्यबाहेक सबै एमाले विजयी भएको छ । 

शुक्रबार भएको निर्वाचनमा दलित वा अल्पसङ्ख्यकका तर्फबाट काँग्रेसका काशीजङ घले र एमालेका सोमबहादुर विक निर्वाचित भए । 

यसअघि महिला सदस्यमा एमालेका गमी गुरुङ, केशमाया गुरुङ र मन्जु गुरुङ र धनकुमारी परियार निर्विरोध चयन भएका थिए । जिल्लामा मस्र्याङ्दी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचन प्रक्रिया जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ