arrow

ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचित, काँग्रेस ‘शून्य’ 

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
baglung_district.png

बागलुङ । ढोरपाटन नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् । 

तीन दलित तथा अल्पसङ्ख्यक र पाँच महिला सदस्यका लागि भएको चुनावबाट नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी बनेका हुन् । 

दलित तथा अल्पसङ्ख्यकतर्फ गोकुल शेरचन, थमबहादुर छन्त्याल र नरबहादुर सुनार विजयी हुनुभएको निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । 

महिला सदस्यतर्फ ताराकुमारी पुन, छवि विक, शान्ति विक, बेलकुमारी छन्त्याल र धनिमला विक निर्वाचित भए । 

यस्तै काठेखोला गाउँपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट संयुक्त वाम मोर्चा–राप्रपाका उम्मेदवार विजयी बनेका छन् । 

कार्यपालिका सदस्यमा अल्पसङ्ख्यक तथा दलितका तर्फबाट टीका सङ्गम विक र हेमलाल विक विजयी भए । 

महिला सदस्यतर्फ चित्रकुमारी विक, जमुना कँडेल, सुन्तली विक र नैनकला खड्का विजयी भएको निर्वाचन अधिकृत धु्रव गिरीले जानकारी दिए । 

राप्रपासहित अन्य वामपन्थी दलले संयुक्त उम्मेदवारी दिए पनि नेपाली काँग्रेस एक्लैले उम्मेदवारी दिएको थियो । 

महिला, दलित र अल्पसङ्ख्यकको प्रतिनिधित्व सुनिश्चित भएसँगै काठेखोला गाउँपालिकाको कार्यपालिका र गाउँसभाले पूर्णता पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ