arrow

प्रधानमन्त्रीबारे छलफल गर्न बसेको विपक्षी दलको बै‌ठक निष्कर्षविहीन

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
rajyabyabasthasamiti.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित संसद्मा प्रतिनिधित्व गरेका आठ दलका नेताहरुको बैठकमा नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका बारेमा छलफल भए पनि ठोस निष्कर्ष निकाल्न सकेन् । 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा सो दलले भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन नभएसम्म संसद्को बैठक चल्न नदिने र प्रधानमन्त्री चयन प्रक्रिया प्रारम्भ हुन नहुने अडान राखेको छ । अन्य केही दलले भने ती दुई विषयलाई अलग अलग रुपमा हेर्नुपर्ने बताएका थिए । 

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनबारे संसद्को बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको सूचना प्रस्तुत भइनसकेको अवस्थामा विगतको परम्परा र अभ्यासका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुन नसक्ने बताए। 

प्रधानमन्त्री चयनकै विषयमा छलफल गर्न शुक्रबार सभामुख ओनसरी घर्तीले आह्वान गरेको कार्य व्यवस्था परामर्श समिति बैठकमा समेत सहमति नभएपछि दलहरु अलग अलग गृहकार्यमा जुटेका हुन् । अहिले केहीबेरमा सो समितिको बैठक पुनः बस्दैछ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भरतपुरको मतगणना तत्काल सुरु हुनुपर्ने र एमालेले पनि संसद् अवरोध खुलाई प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्ने आफ्नो पार्टीको धारणा आठ दलीय बैठकमा राखेको जानकारी दिए। 

उनले एमाले र राप्रपाबीच पहिलो चरणको स्थानीय तह निर्वाचनका विषयमा समीक्षा पनि गरिएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ