arrow

एमालेका २० नेतालाई कारबाही सिफारिस, चुनाव जितेकालाई पनि स्पष्टीकरण 

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
salyan_district_map.png

सल्यान । नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ । 

एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभाग सदस्य यौवनप्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी कारबाहीका लागि पार्टी केन्द्रीय कार्यालय र अनुशासन विभागमा सिफारिस गरिएको पत्रकार सम्मेलनमा जनाएको छ । 

यस्तै लेखा समितिका संयोजक सन्तोष राई तथा जगत न्यौपाने, सुशीला गिरी, ज्ञानप्रकाश शर्मा, काले सार्की, मोहनलाल कुँवर र जीवनसिंह ठकुरीलाई भने साधारण सदस्यता नरहने गरी कारबाही गरिएको एमाले जिल्ला अध्यक्ष गोविन्दबहादुर पुनले जानकारी दिए । 

यसैगरी जिल्ला कमिटी सदस्य गिर्दल बोहरा, टीकाराम बोहरा, दामोदर शर्मा, रिमबहादुर बुढाथोकी, धनबहादुर पुन र गणेश बिसी तथा पूर्व जिल्ला कमिटी सदस्य भीमसेन नेपाली र भोलाप्रकाश केसीलाई निर्वाचनमा पार्टीमा सहयोग नगरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको अध्यक्ष पुनले जानकारी दिए । 

चुनाव जितेकालाई पनि स्पष्टीकरण 
एमाले सल्यानले स्थानीय तहको निर्वाचनमा निर्वाचित वडााध्यक्षलाई समेत स्पष्टीकरण सोध्ने भएको छ । 

शारदा नगरपालिका–३ बाट वडाध्यक्षमा निर्वाचित टोपबहादुर थापालाई पनि स्पष्टीकरण सोधिने पार्टी अध्यक्ष पुनले बताए । 

पार्टी नीति र विधि विपरीत गएर आफूले मात्र जित्न भूमिका खेलेको भन्दै स्पष्टीकरण सोधिने भएको हो । 

वडा नं ३ मा वडाध्यक्षमा एमालेले तथा बाँकी सदस्यमा राप्रपा र नेपाली काँग्रेसले जितेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ