भरतपुरमा ९० मतपत्र च्यातिएका भेटिए, आयोगको निर्णय अन्तिम हुने
प्रकाशित २०७४ जेठ १८ बिहिबार
513
Shares
चितवन। भरतपुर महानगरपालिकाको मतगणनास्थलबाट वडा नम्बर १९को च्यातिएका मतपत्रको संख्या ९० रहेको छ। मतगणनाका दौरान विवाद बढेपछि मतपत्र च्यातिएको थियो।
छानबिन समितिले निर्वाचन आयोगको निर्देशन पछि दलका प्रतिनीधि, वडा उम्मेद्वार, जिल्ला प्रशासन कार्यलय प्रमुख, सुरक्षा निकाय र निर्वाचन अधिकृतको उपस्थितीमा च्यातिएका मतपत्र गणना गरेको थियो।
वडा नम्बर १९ मा कुल २८ सय ९७ मत खसेको थियो। जसमध्ये १९ सय ९ मत गणना भइसकेको छ भने ९ सय ९८ मत गन्न बाँकी छ। च्यातिएको मतपत्र बारे बिहिबार रिपोर्ट पठाएपछि आयोगको निर्णय अनुसार अघि बढ्ने प्रमुख निर्वाचन अधिकृतले जनाएका छन्।