प्रम कप क्रिकेट: पश्चिमाञ्चल बिरुद्धको खेलमा मध्यपश्चिमको लज्जास्पद प्रदर्शन
प्रकाशित २०७४ जेठ १८ बिहिबार
229
Shares
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह 'ए'को खेलमा पश्चिमाञ्चल बिरुद्ध मध्यपश्चिमले लज्जास्पद हार ब्योहोरेको छ।
टस जितेर पहिले ब्याटीङ गरेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमा अलआउट भएको थियो। सुबेन्दु पाण्डे, राजविर सिंह र अमर सिंह राउटेला १३-१३ रन बनाएाक थिए।
मध्यपश्चिमका बिपिन खत्रीले ७ ओभरमा २ मेडेन सहित ९ रन खर्चेर ४ विकेट लिएका थिए भने लाल अधिकारीले ५ ओभरमा १ मेडेन सहित २४ रन खर्चेर ४ विकेट लिएका थिए। । त्यसैगरि कृष्ण कार्की २ विकेट लिन सफल भएका थिए।
जवाफमा ब्याटीङ गर्न ओर्लेको पश्चिमाञ्चलले १ विेकटको क्षतीमा ११.१ ओभरमा ६६ रन बानउँदै जित हासिल गरेको थियो। अनिल गुरुङले २३ रन नट आउट बनाएाका थिए भने सौरभ खनालले २० रन बनाएका थिए।
पश्चिमाञ्चलकाालगि १ मात्र विकेट अमरसिंह राटेलाले लिएका थिए। खेलका प्लेयर अफ म्याच बिपीन खत्री घोषित भएका थिए।