arrow

काँग्रेस र एमालेद्वारा खुला सभामार्फत उम्मेदवार घोषणा

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
congress-n-uml-falg.jpg

धनकुटा । खुलासभाको आयोजना गरेर धनकुटा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार घोषणा गरेका छन् । 

नेपाली काँग्रेसले प्रमुखमा दिनेश राई (आठपहरिया) र उपप्रमुखमा रेनु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । 

त्यसैगरी नेकपा एमालेले नगरको प्रमुख पदमा चिन्तन तामाङ र उपप्रमुखमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ । 

कुल १८ हजार १२९ मतदाता भएको नगरपालिका २०३५ सालमा घोषणा गरिएको हो । 

अन्य गाउँपालिका र नगरपालिकामा उम्मेदवार घोषणा नगरेका दलहरुले धनकुटा नगरमा घोषणा सभा गर्दै उम्मेदवार घोषणा गरेका हुन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ