एमालेले अध्यक्ष जितेको गाउँकार्यपालिकामा काँग्रेस–माओवादी गठबन्धन विजयी
गाउँपालिकामा जित एउटाको, सरकार अर्कैको
प्रकाशित २०७४ जेठ १७ बुधबार
202
Shares
जुम्ला । यहाँको तिला गाउँपालिका तथा चन्दननाथ नगरपालिकाको गाउँ÷नगर कार्यपालिकाको चुनावमा काँग्रेस–माओवादी गठबन्धन विजयी भएको छ ।
तिला गाउँ कार्यपालिकाको महिला सदस्यमा नेपाली काँग्रेसका ब्यूरा नेपाली, सपुरा कामी र नेकपा (माओवादी केन्द्र)का लक्ष्मी रावत (रोकाया) र बाटु बुढा सबैले जम्मा खसेको ४५ मतमा २८÷२८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए । यो गाउँपालिकाको अध्यक्षमा एमालेका रतनलाल योगी विजयी भएका छन् ।
दलित अल्पसङ्ख्यकमा नेपाली काँग्रेसका हरिलाल नेपाली र नेकपा (माओवादी केन्द्र)का लालबहादुर सुनारले पनि २८÷२८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत पौडेलेले बताए।
त्यसैगरी, चन्दननाथ नगर कार्यपालिकाको महिला सदस्यमा नेपाली काँग्रेसका विष्णुमाया शाही, माया गिरी र माओवादी केन्द्रका विनु शाही, उमादेवी उपाध्याय, चन्द्रावती उपाध्यायले खसेको जम्मा ५२ मतमा सबैले ३४÷३४ मत प्राप्त गरी विजयी भएको मुख्य जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए ।
दलित अल्पसङ्ख्यकमा भने काँग्रेसका कालो सार्कीले ३५, पेरम सुनारले ३४ र माओवादी केन्द्रका राजेश कामीले ३४ मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन अधिकारी सुवेदीले बताए । रासस