arrow

काँग्रेसले झापामा भावा बोल्यो, सात स्थानीय तहमा उम्मेदवार

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
congress-flag.jpg

काँकडभिट्टा । झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । 

झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको होे । 

गौरादह गाउँपालिकामा रोहित साह, खजुरगाछी गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी, कमल गाउँपालिकामा हुकुमसिंह राई र अर्जुनधारा नगरपालिकामा हेमराज खरेललाई प्रमुख पदमा चयन गरेको नेपाली काँग्रेसले जनाएको छ । 

बाँकी रहेका गाउँपालिका र नगरपालिकामा चाँडै उम्मेदवार टुङ्गो लगाउने नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए । 

उनले भने, “चुनाव सरेका कारण पनि उम्मेदवार टुङ्गो लगाउन हतार नगरिएको हो ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ