ईश्वर पोखरेल कुर्लिए, भरतपुरमा पुनः मतदान हुँदैन, मतगणना सुरु गरौँ
प्रकाशित २०७४ जेठ १६ मंगलबार
207
Shares
चितवन । एमाले महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नु पर्ने बताएका छन् । सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ ।
प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताए ।
सो विषयमा निर्वाचन आयोगले विवेकशील निर्णय गर्ने विश्वास व्यक्त गर्दै पोखरेलले निर्वाचन प्रक्रियामा असर नपर्ने गरी मतगणना गर्नुपर्ने बताए । उनले मतपत्र च्यात्नेलाई कानुनी प्रक्रियामा ल्याउँदै मतगणना सुरु गर्नुपर्नेमा जोड दिए ।
भरतपुरमा मध्यरातमा भएको घटना निन्दनीय रहेको बताउँदै उनले यस्ता घटनामा संलग्न हुने, निर्देशन दिने सबैलाई कारबाही गर्नुपर्ने माग गरे ।