कालोपत्रे गर्ने तुलसीपुरका उम्मेदवारको प्रतिबद्धता
सुरेश श्रेष्ठ,
प्रकाशित २०७४ जेठ १६ मंगलबार
183
Shares
दाङ। तुलसीपुर उपमहानगरपालीकामा रहेको पर्यटकीय स्थल चमेरे गुफा जाने बाटो सुधारका लागि यहाँका उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ मुलकोटमा रहेको चमेरे गुफा सम्मको कालोपत्रे बनाउन स्थानीय तहका उम्मेदवारहरुले प्रतिबद्धता जनाएका हुन् । तुलसीपुर नगर जेसिजले सोमबार मुलकोटमा आयोजना गरेको चमेरे गुफा सम्मको बाटो कालोपत्रे गर्ने प्रतिबद्धता बिषयक अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका मेयर, उपमेयर तथा अन्य पदका उम्मेदवारहरुले प्रतिबद्धता जनाएका हुन् ।
मुलुककै ठुलो चमेरे गुफा भनेर दाबी गरिएको दाङको उत्तर तर्फको महाभारत श्रृंखला मुलकोटमा छ । चमेरे गुफाले उल्लेखनीय रुपमा आन्तरिक एवं बाह्य पर्यटकहरु जिल्लामा भित्र्याउने र दाङको आर्थिक सम्बृद्धिका लागि टेवा पुग्ने कालोपत्रे सडकलाई मुख्य सवाल बनाई जेसिज सप्ताहको अवसरमा अन्तरक्रिया आयोजना गरेको अध्यक्ष बिमलकुमार पौडेलले जानकारी दिए । तुलसीपुर नगर जेसिजले यो उमेमदवार हरुलाई एक ठाउमा राखेर प्रतिबछता गराएको कार्यक्रम संयोजक झरेन्द्र खरेलले वताए ।
अन्तरक्रिया कार्यक्रममा, नेकपा एमालेको तर्फबाट तुलसीपुर उपमहानगरपालीकाका मेयरका उम्मेदवार घनश्याम पाण्ड , मसालका प्रबक्ता भरत भण्डारी लगायतले उक्त सडक कालोपत्रे गर्ने पहिलो प्राथमिक्तामा राखिने प्रतिबद्धता जनाएका छन । नेपाली काग्रेस तुलसीपुर नगरका कार्यबाहक सभापति भिमप्रकास भण्डारी, नेकपा माओबादीका मेयरका उम्मेदवार शेषुराम भण्डारी, राप्रपा तुलसीपुर नगर अध्यक्ष लालबहादुर केसी, राष्ट्रिय जनमोर्चाको तर्फबाट मेयरका उम्मेदवार शुक्रराज भण्डारी,नँया शक्ति नेपालका उपमेयर उम्मेदवार शान्ता रिजाल राजनीतिक दल र जनप्रतिनीधिहरुले अबका दिनमा आर्थिक सम्बृद्धि र नागरिकको भावनालाई बुझि बिकास निर्माणमा जोड दिनुपर्ने सुझाब दिएका थिए ।
एशियाकै ठूलो उपत्यका मानिने दाङ उपत्यकाको उत्तरतिर सल्यान जिल्लाको सिमामा पर्ने महाभारत श्रृंखलाको चमेरे गुफा सामुन्द्रिक सतहदेखि करिव १३५० मिटरको उचाइमा रहेको छ । मुलकोट भन्दा दक्षिणतर्फ घोर्नेटी र उत्तरतिर सल्यानको कटुङ्जेरी गाउँको बीचको चमेरे गुफा प्राकृतिक र ऐतिहासिक गुफा मानिन्छ । चमेरे गुफा नजिकै सिद्ध र झाँक्रीको थान भएकोले यस गुफालाई झाँक्रीगुफा पनि भन्ने गरिन्छ तर पनि प्रचलित नाम भने सिद्ध चमेरे गुफा नै रहेको छ । गुफा भित्रका आकृति निकै रोचक छन् ।
भौगोलिक हिसाबले चमेरे गुफा दाङ उपत्यकाको बिकट स्थानमा छ । एक दशक अगाडिदेखि गुफाको चर्चा परिचर्चा हुन थाले पनि हालसम्म सडक यातायातले सुविधा दिन सकेको छैन । पर्सेनी, खाद्रे भएर पनि चमेरे गुफामा पुग्न सकिन्छ । तर हाल आएर तुलसीपुर सल्यान सडकल खण्डको खमारीबाट झण्डै ४ किलोमिटर उत्तरपूर्ब सम्म ग्रावेल कच्ची सडक छ । साना जिपी र मोटरसाईकलबाट पुग्न सकिने अबस्थामा रहेको चमेरे गुफा सम्म कालोपत्रे बन्न सके आन्तरीक तथा बाह्य पर्यटक भित्रने बिश्वास गरिएको छ ।