-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय बुधबार सकिंदै गर्दा बल्ल काँग्रेस सभापति शेरबहादुर देउवा तातेका छन् ।
सोमबारसम्म बजेटकै अप्ठेरोले सरकार गठन प्रक्रियामा लाग्न नसकेका भोलिका सम्भावित प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकमार्फत आफूलाई सघाउन आग्रह गर्दैछन् ।
देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको पहल सुरु गर्ने क्रममा मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका छन् ।
संसद भवन बानेश्वरमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलका नेताहरु सहभागी भएका छन् ।
गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले सहमतीय सरकारका लागि सात दिनको समय दिएकी थिइन् ।
एमालेले भने जसको पक्षमा सहमति पुग्छ उसैले सरकार बनाउने भन्दै आफै भिड्ने संकेत गरिसकेको छ ।
गत साउनमा काँग्रेससंग गठबन्धन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार बनाएका थिए ।
भद्र सहमति अनुसार उनको कार्यकाल ९ महिनाको मात्र थियो ।