स्वास्थ्यमन्त्री थापाको विशेष पहल पछि केसीको अनसन स्थगित
प्रकाशित २०७४ जेठ १५ सोमबार
438
Shares
काठमाडौं । डा. गोविन्द केसीको अनसन स्थगित भएको छ । स्वास्थ्य मन्त्री गगन कुमार थापाको विशेष पहल पछि डा केसीको अनशन स्थगित भएको हो। स्वास्थ मन्त्रालयका अनुसार डा केसीको माग सम्बोधन हुनेगरी सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपछि केसीको अनसन स्थगित भएको हो ।
हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठन स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको योजना अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनका लागि मन्त्रिपरिषद् अन्तर्गतको समिति मार्फत् सोमबार सैद्धान्तिक सहमती प्राप्त भएको छ । यससँगै प्रतिष्ठान संवन्धी विद्ययक मन्त्रीपरिषद्मा पेश गर्न बाटो खुल्ला भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रीको आज्ञाले मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले जारी गरेको विज्ञप्तीमा सैद्धान्तिक सहमतीपछि विद्ययकका लागि मन्त्रालयको तर्फबाट गर्नु पर्ने बाँकी प्रक्रिया पुरा गरी एक हप्ता भित्रमा विद्ययकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गर्ने मन्त्रालयको तयारी रहेको जनार्इएको छ ।
मन्त्रिपरिषद्बाट पारित भएपछि विद्ययक संसदमा पेश भई अन्य प्रक्रिया अगाडि बढ्ने बतार्इएको छ । मन्त्रालयले एकातिर कानुनी प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाईरहेको छ भने पुर्वाधार सम्वन्धी अन्य कामहरु पनि द्रूत गतिमा अगाडि बढीरहेको पनि जनार्इएको छ ।