arrow

१७ गतेसम्म रोकियो भरतपुरको मत गणना, छानविन समिति गठन

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । आईतबार राती चितवनको भरतपुर नगरपालिकामा मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । आयोगका अनुसार सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो । सो समितिमा गृहमन्त्रालयका सहसचिव र डिआईजी एक जनालाई समितिमा राखिएको निर्वाचन आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए । 


सो समितिलाई जेठ १७ गतेसम्ममा प्रतिवेदन बुझाउनको लागि समय दिईएको छ । सो समयसम्म मतगणना स्थगित राख्ने निर्णय पनि गरिएको आयोगले जनाएको छ । आईतबार राती मत पत्र च्यातेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ