arrow

[अपडेट] धादिङ दूर्घटनामा २ बृद्ध महिलाको शव भेटियो, १८ घाइते सदरमुकाममा

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
bus_accident.jpg

काठमाडौं । धादिङ सदरमुकामबाट उत्तर तर्फपर्ने गोलाभञ्ज्याङमा भएको दूर्घटनामा दुई जनाको ज्यान भएको छ । घटनास्थलमा उद्दारको क्रममा रहेका प्रहरी जवान प्रतीक शर्माले दिएको जानकारी अनुसार साँझ साढे ८ बजेसम्म दुई जना बृद्ध महिलाको शब भेटिएको छ । १८ जनालाई उपचारका लागि जिल्ला सदरमुकाम धादिङबेसी ल्याईएको छ । 


धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको ग १ ख ३८०५ नम्बरको बस गोलाभञ्ज्याङभन्दा केही तल  भकारे खोलामा खसेरको छ । राती भईसकेको र ठाउँ पनि अफ्टेरो रहेकोले उद्दारको लागि समस्या सिर्जना भएको उनले जनाएका छन् । 

 

अहिले सशस्त्र र जनपथ प्रहरीको टोलीले उद्दारको काम गरिरहेको छ । मृतकहरुको सनाखत नभईसकेको उनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ