arrow

प्रचण्डको राजीनामाले एमालेलाई चस्को : भन्यो–परिस्थिति झन् अन्योलपूर्ण

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएर स्थितिलाई झन् अन्योलपूर्ण बनाएको टिप्पणी गरेको छ ।  

वुधबार एमाले अध्यक्ष केपी ओलीको निवासमा बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री दाहालको राजीनामाले स्थिति झन् अन्योलग्रस्त भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयले जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अन्योलपूर्ण बनाइरहेको, तत्कालै संसद्मा सरकारको नीति तथा कार्यक्रम र बार्षिक आय–व्यय (बजेट) पेस गर्नुपर्ने साथै हाम्रो पार्टीले संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तवरबाट भएका ज्यादतीहरुको संसदीय छानबिनको माग गरिरहेको बेला त्यसमा सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाउनुभएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टी स्थानीय तहको पूर्वनिर्धारित संख्या र सीमाभित्र रहेर आगामी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न जोडदार माग गर्दै यसका लागि सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गर्दछ ।’ एमाले स्थानीय तहको संख्या बढाएको भन्दै सदन अवरोध गरेपछि प्रधानमन्त्रीले सिंहदरबारबाटै सम्बोधन गरेर राजीनामाको घोषणा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ