पोखरा। पोखरा लेखनाथ महानगर पालिकाको वडा नं– २१ मा नेकपा एमालेको समूह विजयी भएको छ।
उक्त वडामा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार खगराज आचार्य दुई हजार ५४४ मतसहित विजयी भएकाछन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केवल गिरीले ८१३ मत प्राप्त गरे।
सो वडाको खुल्ला सदस्यद्वय नन्दलाल अधिकारी र रामबहादुर गुरुङ, महिला सदस्यमा अम्विका थापा र दलित महिला सदस्यमा सीतादेवी विक विजयी भएकाछन्। रासस