साझा पार्टीले भन्यो - ललितपुरको मत परिणाम उत्साहजनक सङ्केत
प्रकाशित २०७४ जेठ १० बुधबार
228
Shares
काठमाडौं । साझा पार्टीले ललितपुर महानगरपालिको मत परिणामलई उत्साहजनक सङ्केत प्रतिक्रिया दिएको छ। पार्टीले महानगरपालिको मत परिणाम सार्वजनिक भएसँगै विज्ञप्ति जारी गरेको हो।
साझा पार्टीले जारि गरेको विज्ञाप्तिमा उपमेयर र मेयर पदका लागि उमेदवारी दिएका क्रमश: शोभा शाक्य र रमेश महर्जनलाई असल विकल्प ठानेर विश्वास गर्ने मतदाताहरूलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ साथै पार्टी निर्माणको प्रक्रिया सुरु गरेको दुई महिना पनि नबित्दै र कहीँ कतै सङ्गठन निर्माण नभई उमेदवारी दिँदा पनि सम्पूर्ण परिणाममा दुवै उमेदवार क्रमश: दोस्रो र तेस्रो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई एउटा भरपर्दो राजनीतिक विकल्पका रूपमा लिएको तथ्यको उत्साहजनक सङ्केत हो भनिएको छ ।
'यो निर्वाचनमा मेयर र उपमेयरका रूपमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका चिरीबाबु महर्जन तथा गीता सत्याललाई हामी बधाई तथा शुभकामना दिन चाहन्छौँ। तपाईँहरूको नेतृत्वमा ललितपुरबासीको सपना पुरा होस् भन्ने हाम्रो कामना छ। यस अभियानमा तपाईँहरूलाई हाम्रो तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्न हामी तयार छौँ ' विज्ञप्तिमा उल्लेख छ।