पाँचथर। नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। उक्त पार्टीको जिल्ला कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गरी उम्मेदवारको घोषणा गरेको हो।
फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा देवित्रा आङ्देम्बेको नाम चयन गरेको छ।
हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारी, उपाध्यक्षमा ताराकुमारी योङहाङ र कुमायक गाउँपालिकाको अध्यक्षमा बमप्रसाद लावती, उपाध्यक्षमा सूर्यकुमारी नेम्वाङ चेम्जोङको नाम चयन गरेको छ।
फिदिम नगरको प्रमुख र उपप्रमुखको उम्मेदवारका बारेमा सहमति नभएपछि विवाद समाधान गर्न केन्द्रमा पठाइएको पार्टीका चुनाव प्रचारप्रसार समिति संयोजक वृजहाङ आङदेम्बेले बताए।
जिल्लाको ६० वटा वडामा भने कार्यसमिति चयन गरिसकिएको जानकारी दिंदै उक्त दलका जिल्ला सभापति नरेन्द्रकुमार केरुङले प्रत्येक गाउँपालिकामा सक्षम र सबल उम्मेदवार तयार पारेको बताए। रासस